Kathmandu Press

आज विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, असार २३ : आज देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका...
आज विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, असार २३ : आज देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्