Kathmandu Press

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

सप्तरी, असार २२ : आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना...
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय
Hardik ivf

सप्तरी, असार २२ : आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ। जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई तीन महिना कैद र १० हजार रुपियाँ जरिवानाको सजाय तोकेको हो।

चौध वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै अदालतले २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए। अर्का आरोपित शिक्षक सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादवले सफाइ पाएका छन्। आरोपितहरूले २०७५ चैतदेखि यौन दुर्व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा २०७५ जेठ २६ गते उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय कडरबोनाले २०७५ जेठ २७ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरी पशुपतिलाई पक्राउ गरेको थियो।

सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित पशुपति २०७५ असार २२ गते पूर्पक्षका लागि ६५ हजार रुपियाँ धरौटी राखी पूर्पक्षका लागि तारेखमा रिहा भएका थिए। अदालतमा २०७६ जेठ २४ गते हाजिर भएका अर्का आरोपित रामकृष्ण पनि ६५ हजार रुपियाँ धरौटी राखी पूर्पक्षका लागि तारेखमा रिहा भएका थिए।

प्रकाशित मिति: २०:०३ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्