Kathmandu Press

सात करोड साठी लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

सात करोड साठी लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

न्युयोर्क, असार २२ : करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ। यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ।

करिब सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको  १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आगामी साउन १२ गते लिलाम गरिने सोथेबीका प्रमुख क्यासान्ड्रा ह्याटनले बताएका छन्।

सोथेबीका प्रमुख ह्याटनका अनुसार उक्त कङ्काल ५० देखि ८० लाख अमेरिकी डलरमा लिलाम हुने अनुमान गरिएको छ। आफूले जीवनमा त्यस्तो अद्भूत वस्तुको लिलामी पहिलेपटक गर्न लागेको बताउँदै उनले डाइनोसरको एउटामात्र उक्त अस्थिपञ्जर निजी स्वामित्वका निम्ति लिलाम गरिने जनाए। उक्त अस्थिपञ्जर सन् २०१८ मा मोन्टाना नजिक जुडिथ नदीमा भेटिएको थियो।

प्रकाशित मिति: १८:१९ बजे, बुधबार, असार २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्