Kathmandu Press

न्युजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने प्रहरी फन्दामा 

काठमाडौं, असार २२ : न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका ३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका ७ घर भएकी दिया...
न्युजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने प्रहरी फन्दामा 

काठमाडौं, असार २२ : न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका ३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका ७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु मासिक १ लाख ७० हजार रूपैयाँसम्म तलब हुन्छ र त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रूपैयाँ लाग्छ भनि प्रलोभनमा पारी ९ जना पीडितहरूबाट ६३ लाख २० हजार  रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई  बुढानिलकण्ठ नगरपालिका कपन निलोपुलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, असार २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्