Kathmandu Press

राप्ती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

राप्ती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

काठमाडौं, असार २२ : बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा आज एक जना बेपत्ता भएका छन्। 

राप्तीसोनारी गाउँपालिका–५ गोरधुईका २६ वर्षीय नरबहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट बेपत्ता भएका हुन्। बेपत्ता भएलगत्तै उनको खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ। 

Hardik ivf

सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ। सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह नाकाबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा गएको टोलीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल ३० नं गण बागेश्वरी, बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिए।

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगञ्ज–१६ जयसपुर नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेको रु दुई लाख ९० हजार बराबरको अवैध छुर्पी बरामद गरेको उनले बताए। बरामद गरिएको सबै अवैध छुर्पीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ। 

प्रकाशित मिति: १७:४७ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्