Kathmandu Press

महिला हिंसासम्बन्धी सचेतना जगाउने स्टिकर हस्तान्तरण

काठमाडाैं, असार २२ : नेपाल प्रहरी श्रीमती संघले महिला हिंसासम्बन्धी सचेतना कार्यक्रमअन्तर्गत काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई स्टिकर हस्तान्तरण गरेको छ।बुधबार ट्राफिक प्रहरी...
महिला हिंसासम्बन्धी सचेतना जगाउने स्टिकर हस्तान्तरण

काठमाडाैं, असार २२ : नेपाल प्रहरी श्रीमती संघले महिला हिंसासम्बन्धी सचेतना कार्यक्रमअन्तर्गत काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई स्टिकर हस्तान्तरण गरेको छ।

बुधबार ट्राफिक प्रहरी कार्यालयमा संघका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले ट्राफिक प्रहरी कार्यालयका प्रमुख उमेशराज जोशीलाई जनसचेतनामुलक स्टिकर हस्तान्तरण गरेकी हुन्।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख जोशीले यातायात व्यवसायीहरुसंगको सहकार्यमा सार्वजनिक यातायातका साधनमा स्टीकरण टासिने बताइन्। उनले अहिले लेन थपेर मात्रै ट्राफिक समस्या समाधान नहुने भन्दै जनचेतना आवश्यक रहेको बताइन्।

त्यस्तै श्रीमती संघकी अध्यक्ष सिंहले यौन तथा महिला हिंसा अन्त्य गर्न प्रहरीले गरेको काममा श्रीमती संघले पनि सहकार्य गर्न खोजेको बताइन्।

स्टिकर हस्तान्तरणसँगैउपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारबाटै सवारीसाधानमा महिला हिंसासम्बन्धी जनसचेतनामुलक स्टिकर टास्न सुरु गरेको छ। 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, असार २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्