Kathmandu Press

प्राप्त अधिकार संस्थागत गर्दै थप संघर्ष गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौं, असार २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड...
प्राप्त अधिकार संस्थागत गर्दै थप संघर्ष गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौं, असार २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड दिएकी छन्।

राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिलाको हक अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन्। 

मन्त्री रेग्मीले भनिन्, 'संविधानमा महिलाको शिक्षा, स्वास्थ्य, राज्यका निकायमा प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरिएको छ, तर त्यसलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्न महिलाहरुले नै सङ्घर्ष गर्नुपर्नेछ।'

उनले महिलाहरुका लागि आरक्षण सदाका निम्ति नभएर राज्यका हरेक संरचनामा महिला र पुरुष बराबरी नभएसम्मका लागि मात्रै भएको प्रस्ट पारिन्।

मन्त्री रेग्मीले अन्य विभिन्न देशको तुलनामा नेपालमा महिलाहरुको सक्रियता, सहभागिता बढ्दै गएको उल्लेख गर्दै अझै मुख्य जिम्मेवार पद र राज्यको नीति निर्माण तहमा समान सहभागिताका निम्ति स्थानीय निकायबाटै पहल सुरु गर्नुपर्ने धारणा राखिन्। 

महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्यका लागि भएका ऐनकानुनको प्रभावकारी कार्यान्वयनसँगै घरघरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

मन्त्री रेग्मीले भनिन्, 'महिला हिंसाको जरो घरभित्रै छ, त्यसलाई अन्त्य गर्न घरभित्रबाट प्रयास थाल्नुपर्छ, अब त्यसबारेमा महिलालाई मात्रै होइन, महिला र पुरुषलाई सँगै राखेर तालिम दिनुपर्छ।'

महिला आयोगका अध्यक्ष कमला पराजुलीले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितामा जोड दिए।

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, असार २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्