Kathmandu Press

मालीका २२ आप्रवासीको निधन

बामाको, असार २२ : लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भईसकेको छ।  सो दुर्घटनामा मृत्यु भएका...
मालीका २२ आप्रवासीको निधन

बामाको, असार २२ : लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भईसकेको छ।  सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ। 

उनीहरुको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो। मालीका आप्रवासीहरु लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरुको निधन भएको हो।

Hardik ivf

केही महिनायतादेखि आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरुलाई स्वदेश फर्काउन थालिएको छ।

यसरी उद्धार गरी मालीका नागरिकलाई स्वदेश पठाउने क्रममा उनीहरु र अन्य देशका पनि कतिपय नागरिकहरुको दुर्घटनामा परेर ज्यान जाने गरेको बताइएको छ।

यसक्रममा भएका दुर्घटनाहरुमा उनीहरुको ज्यान जाने गरेको छ। यही समुन्द्रिक तटमा भएका उद्धारका कार्यमा कम्तीमा पनि ६१ जनाको भने सकुशल उद्धार भएका छन्।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्