Kathmandu Press

पाकिस्तानमा भीषण बाढीपहिरो : २५ जनाको मृत्यु, भत्किए २०० घर

इस्लामाबाद, असार २२ : पाकिस्तानमा भीषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ।पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको...
पाकिस्तानमा भीषण बाढीपहिरो : २५ जनाको मृत्यु, भत्किए २०० घर

इस्लामाबाद, असार २२ : पाकिस्तानमा भीषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ।

पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन्।

बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिनुभएको हो। उनका अनुसार केही दिन देखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन्।

साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पुर्‍याएको छ। बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन्। क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्‍याएको छ।

बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ। यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्