Kathmandu Press

सर्लाहीमा दुई वर्षीया बालिकाको डुबेर मृत्यु

सर्लाही, असार २२  ः सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की...
सर्लाहीमा दुई वर्षीया बालिकाको डुबेर मृत्यु
Hardik ivf

सर्लाही, असार २२  ः सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन्। 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन्। 

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रकाशित मिति: १०:३७ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्