Kathmandu Press

सुरही खोलामा डुबेर बालकको मृत्यु

कपिलबस्तु, असार २१ : कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ। शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने...
सुरही खोलामा डुबेर बालकको मृत्यु

कपिलबस्तु, असार २१ : कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ। शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिए। रोकाकी बहिनीले स्थानीयवासीलाई घटनाबारे जानकारी गराएकी थिइन्।

रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको थियो।

प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, असार २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्