Kathmandu Press

कटुवा पेस्तोल र गोली सहित पक्राउ

काठमाडौं, असार २१ : हरिवन नगरपालिका ११ स्थित सुनिता किराना पसलबाट १ थान कटुवा पेस्तोल र पेस्तोलको १ राउण्ड गोली सहित पसल सञ्चालक...
कटुवा पेस्तोल र गोली सहित पक्राउ
Hardik ivf

काठमाडौं, असार २१ : हरिवन नगरपालिका ११ स्थित सुनिता किराना पसलबाट १ थान कटुवा पेस्तोल र पेस्तोलको १ राउण्ड गोली सहित पसल सञ्चालक सोही ठाउँ बस्ने ४३ वर्षीय छोटेलाल दासलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनको पसल तलासी गर्दा झोलामा लुकाइ राखेको उक्त पेस्तोल र गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्