Kathmandu Press

अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन

काठमाडौं, असार २१  ः मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन...
अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन

काठमाडौं, असार २१  ः मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ। मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आज आप्mनो अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो। 

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि प्रदेश सरकारले आफ्नो मुख्य प्रशासनिक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवको संयोजकत्वमा गठन गरेको थियो । सो समितिले सरोकारवालासँगको छलफल पश्चात तयार पारेकोे प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिएको समितिका संयोजकमन्त्री यादवले जानकारी दिए। 

Hardik ivf

समितिले राजधानीको मूल संरचनाको लागि हाल प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चरोट कारखाना परिसरलाई नै मुख्य प्राथमिकतामा राखी राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्थ जग्गालाई समेटेर प्रतिवेदन तयार पारेको मन्त्री यादवले बताए। 

जनकपुर चुरोट कारखाना परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेशसभा भवन रहेको क्षेत्रको जग्गामा आभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणका लागि सिफारिस गरिएको मन्त्री यादवको भनाइ छ । प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरी साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए। 

प्रकाशित मिति: १४:१५ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्