Kathmandu Press

टीकापुर अस्पतालमा ‘जनरल सर्जरी’ सेवा शुरु

टीकापुर, असार २१: कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ शुरु भएको छ।सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए। जनरल...
टीकापुर अस्पतालमा ‘जनरल सर्जरी’ सेवा शुरु

टीकापुर, असार २१: कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ शुरु भएको छ।

सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए। जनरल सर्जन डा. नवीनचन्द्र भट्टले अस्पतालमा सेवा शुरु गरेका हुन्।

यसअघि वीर अस्पताल, काठमाडौंमा कार्यरत डा. भट्ट सरुवा भई टीकापुर अस्पताल आएका छन्। उनले अब अस्पतालबाट जनरल एन्ड जीआई सर्जरीको सबै सेवा थालनी हुने बताए।

हाइड्रोशील, हर्निया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएकोलगायत समस्याको शल्यक्रिया हुने उनले बताए। केही दिनमै मेसिन आएपछि ल्याप्रोस्कोपीको माध्यमबाट पनि शल्यक्रिया शुरु हुने उनले बताए।

उनीसँगै अब आठ विशेषज्ञ चिकित्सक भएका छन्। नौ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा दुई सरकारी दरबन्दी र बाँकी ६ जना स्थानीय तह तथा अन्य क्षेत्रबाट सुविधा प्राप्त गर्नेगरी काम गरिरहेका छन्।

अस्पतालमा दैनिक पाँच सयसम्म बिरामीले उपचार सेवा लिने गरेका छन्। यहाँ कैलाली जिल्लाको टीकापुर, लम्की, भजनी नगरपालिका, जानकी, जोशीपुर गाउँपालिकासहित बर्दिया जिल्लाको राजापुरका मानिस पनि उपचार सेवा लिन आउने गरेका छन्। (रासस)

प्रकाशित मिति: ०८:४५ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्