हिमा भट्टराई प्रदेश सभा सदस्यमा मनोनित
विराटनगर, असार २१ : नेकपा (एमाले) बाट प्रदेश १ को समानुपातिक सांसदमा हिमा भट्टराई बस्नेत मनोनित भएकी छन्।एमाले सांसद गुलेफुन खातुनले असार १५...
विराटनगर, असार २१ : नेकपा (एमाले) बाट प्रदेश १ को समानुपातिक सांसदमा हिमा भट्टराई बस्नेत मनोनित भएकी छन्।
एमाले सांसद गुलेफुन खातुनले असार १५ गते राजीनामा दिएकी थिइन्। उनको स्थानमा समानुपातिक सूची अनुसार धनकुटाकी बस्नेत सांसद बनेकी हुन्।
सरकारी कागजात र दस्तखत कीर्ते मुद्दामा खातुन दोषी ठहर भएकी थिइन्। त्यसपछि सांसदबाट राजीनामा दिएकी थिइन्।
निर्वाचन आयोगले भट्टराईलाई सोमबार समानुपातिक सांसद भएको पत्र दिएको हो। प्रदेश सांसदको कार्यकाल अब साढे पाँच महिना बाँकी छ।
प्रकाशित मिति: ०७:३९ बजे, मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












