Kathmandu Press

लागूऔषधसहित फर्पिङबाट युवक पक्राउ

काठमाडौं, असार २१ : नेपाल प्रहरीले फर्पिङबाट लागुऔषधसहित एकजालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागूऔषधसहित...
लागूऔषधसहित फर्पिङबाट युवक पक्राउ

काठमाडौं, असार २१ : नेपाल प्रहरीले फर्पिङबाट लागुऔषधसहित एकजालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागूऔषधसहित बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारीलाई सोमबार पक्राउ गरेको हो।

Hardik ivf

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले कलैयाबाट काठमाडौँ आउँदै गरेको ना१ज ५९५८ नम्बरको भाडाको टाटा सुमो जाँचका क्रममा लागूऔषधसहित अन्सारीलाई पक्राउ गरेको जानकारी दिए।

प्रहरीले डाइजेपाम १९२ एम्पुल, नुर्फिन १९९ एम्पुल, फेनार्गन १९९ एम्पुल बरामद गरेको छ । प्रवक्ता भट्टले घटनामा संलग्न अन्सारीलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको बताए। (रासस)

प्रकाशित मिति: ०६:४३ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्