इटालीको हिम पहिरोमा हराइरहेका व्यक्ति ‘जीवित भेटिने सम्भावना’ न्यून
काठमाडाैं, असार २० : इटलीको डोलोमाइट्सको उच्च पहाड मार्मोलडामा गएको हिम पहिरोमा परी मृत्यु भएकामध्ये छ जनाको शब हिमपहिरोबाट निकालिएको उद्धारकर्मीहरूले जनाएका छन्।सोमबार...
काठमाडाैं, असार २० : इटलीको डोलोमाइट्सको उच्च पहाड मार्मोलडामा गएको हिम पहिरोमा परी मृत्यु भएकामध्ये छ जनाको शब हिमपहिरोबाट निकालिएको उद्धारकर्मीहरूले जनाएका छन्।
सोमबार उद्धारकर्मीले दिएको जानकारीअनुसार अत्यधिक गर्मीका कारण हिम नदी पग्लिएर गएको हिमपहिरोमा परी कति आरोहीहरू प्रभावित भए भन्ने कुरा अझै पुष्टि गर्न नसकिएको बताए।
टेरेटो प्रान्तका प्रमुख मौरिजियो फुगाट्टीले स्थानीय मौसम पूर्वानुमान शाखालाई उद्धृत गरी हिउँ र चट्टानसहितको पहिरो ३०० किलोमिटर ९१८५ माइल० प्रति घण्टाको वेगमा पहाडबाट झरेको पुष्टि गरेका छन्।
सोमबार थर्मल ड्रोनसहित घटनास्थल वरिपरी पुगेका उद्धारकहरूले बरफमा फसेका सम्भाव्य जीवितहरूको खोेजी जारी राखेका छन्। यद्यपि उनीहरू जीवित पाइने आशा तीव्र गतिमा घट्दै गइरहेको यस क्षेत्रका अल्पाइन उद्धार सेवाका प्रमुख जर्जियो गाजेरले एजीआई समाचार संस्थालाई बताए।
उद्धारकर्मी जिनो कोमेलीले भने, 'अहिलेसम्म छ वटा शव क्षतविक्षत अवस्थामा फेला परेको छ।'
इटालेली आल्प्सको सबैभन्दा ठूलो हिमनदीको चुचुरोमा १० डिग्री सेल्सियस ९५० डिग्री फारेनहाइट० तापक्रम रेकर्ड गरिएको एक दिनपछि उक्त विपत्ति आएको हो। विशेषज्ञहरूको भनाइअनुसार दशकौंको विश्वव्यापी उष्णताले गर्दा हिमनदी वरपरको क्षेत्रमा अझै जोखिम रहेको बताइएको छ।
अल्पाइन उद्धार प्रवक्ता मिशेला क्यानोभाले एएफपीसँग भने, 'हिउँ, बरफ र चट्टानको पहिरोले डोरीको सहायतामा हिमाल आरोहण गरिरहेका कैयौं मानिसहरूलाई प्रभावित पारेको अनुमान गरिएको छ। टेरेटो प्रान्तका प्रवक्ताले धेरै मानिसहरू हराएको रिपोर्ट आएको तर सङ्ख्या एकीन भने भइनसकेको बताए।
टेरेटोका मुख्य अभियोजनकर्ता सान्द्रो रामोन्डीलाई उद्धृत गरी कोरेयर डेला सेराले कारपार्कमा गाडीको संख्याको आधारमा मृतकहरूको संख्या अहिलेकोभन्दा तेब्बरभन्दा बढी रहेको हुनसक्ने अनुमान गरिएको बताएको छ। तर क्यानोभाले यसमा संलग्न आरोहीहरूको कुल सङ्ख्या ‘अहिलेसम्म थाह नभएको’ भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
घटनामा परेका आठ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पतालमा पठाइएको र उनीहरूको अवस्था खतरामुक्त भएको यपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन्।












