थप ४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार २० : पछिल्लो २४ घण्टामा नेपालमा थप ४० जनामा कोरोनाको संक्रमण देखिएको छ।३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा पिसिआर विधिमार्फत...
काठमाडाैं, असार २० : पछिल्लो २४ घण्टामा नेपालमा थप ४० जनामा कोरोनाको संक्रमण देखिएको छ।
३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा पिसिआर विधिमार्फत ३४ जना र एन्टिजेन विधिमार्फत थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ। सोही अवधिमा निको हुने १९ जना छन्। आइतबार ५३ जनामा कोरोना पुष्टि भएको थियो ।
हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ३५ जना निको काेराेना संक्रमणबाट निकाे भएका छन्।
प्रकाशित मिति: १७:२८ बजे, सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












