Kathmandu Press

प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र केन्द्रित : ओली

काठमाडाैं, असार २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र केन्द्रित रहेको आरोप लगाएका छन्।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले...
प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र केन्द्रित : ओली

काठमाडाैं, असार २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र केन्द्रित रहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले मुलुक बेथितिको बाटोतर्फ अघि बढ्दा समेत प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन मात्रै केन्द्रित भएको आरोप लगाएका हुन्।

उनले गठबन्धन जोगाउनै लागि सरकारले राज्यका विभिन्न अंगमा हमला बढेको र स्वेच्छाचारिता बढेको तर्क गरे। यस्तो अवस्थामा संसद् निरीह भएर बस्न नमिल्ने उनको भनाइ थियाे।

ओलीले देश र जनताको हितको रक्षा गर्न सदनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, असार २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्