Kathmandu Press

ठाउँको अभावमा आलोपालो सुत्छन् कैदीबन्दी

जाजरकोट, असार २० : बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको...
ठाउँको अभावमा आलोपालो सुत्छन् कैदीबन्दी

जाजरकोट, असार २० : बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा बसाइँ व्यवस्थापनको समस्यले चुनौती थपिएको हो । पन्घ पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन् । 

कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सै्य्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताएका छन् । सङ्ख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ । कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताए । 

Hardik ivf


पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उनको भनाइ थियो । जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरु मिलेर  आलोपाले गरी सुत्नुपर्ने बाध्यता रहेको उनको गुनासो थियो।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताए। उनले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेको छ, यसको समाधानका लागि पहल जारी रहेको बताए। सबैले काम गर्छु भन्छन् तर काम केही हुने होइन भन्दै कैदीबन्दीले गुनासो पोख्दै आएका छन्। जीर्ण भवन, त्यसमा व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नुपरेको उनीहरुको भनाइ थियो।

प्रकाशित मिति: १३:२१ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्