Kathmandu Press

बजेटमाथि छलफल गर्न मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम, असार २० : मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि छलफल शुरु हुने भएको छ।मधेस प्रदेशसभाको बैठक...
बजेटमाथि छलफल गर्न मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम, असार २० : मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि छलफल शुरु हुने भएको छ।

मधेस प्रदेशसभाको बैठक आज  दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल शुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

Hardik ivf

यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेको थियो।

यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो।

प्रकाशित मिति: ०९:०६ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्