Kathmandu Press

दशरथचन्द राजमार्ग एकतर्फी सञ्चालनमा

बैतडी, असार २० : पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।राजमार्गमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी...
दशरथचन्द राजमार्ग एकतर्फी सञ्चालनमा

बैतडी, असार २० : पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

राजमार्गमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले बताए। राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो।

Hardik ivf

राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो। पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध बनेपछि बझाङ, बैतडी र दार्चुला जाने सवारी साधन बाटोमा अलपत्र परेका थिए। एकतर्फी सडक खुलेसँग यात्रुहरू आ–आफ्नो गन्तव्यमा लागेका छन्।

प्रकाशित मिति: ०७:१० बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्