Kathmandu Press

युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

कीभ, असार १९ : युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले...
युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

कीभ, असार १९ : युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन्।

रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण स्थापित गरेको जानकारी दिएका उक्त मन्त्रालयले जनाएको छ।

Hardik ivf

रूसले सार्वभौमसत्ताको रूपमा मान्यता दिएको युक्रेनका दुई पृथकतावादी क्षेत्रहरूमध्ये एउटा लिसिचान्स्कलाई नियन्त्रणमा लिएकाे ‘लुहान्स्क जनगणतन्त्रको मुक्ति हो’ रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

यसअघि लुहान्स्कका गभर्नरले आफ्नो प्रान्तमा प्रतिरोधको अन्तिम किल्ला लिसिचान्स्क कब्जा गर्न रूसी सेनाले आफ्नो स्थिति बलियो बनाएको र बुझ्न नसकिने रणनीतिका साथ सहरमा आक्रमण गरेका बताएका थिए। युक्रेनी अधिकारीहरूले लिसिचान्स्कको पछिल्लो अवस्थाबारे जानकारी दिएका छैनन्।

प्रकाशित मिति: २०:४५ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्