Kathmandu Press

बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडाैं, असार १९ : काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको...
बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु
Hardik ivf

काठमाडाैं, असार १९ : काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज  मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा योगिता भने घाइते भएको र योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनामा संलग्न चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:४० बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्