Kathmandu Press

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु २१ घाइते

हेटाैंडा, असार १९ : मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय...
मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु २१ घाइते

हेटाैंडा, असार १९ : मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ७ त ८०७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो।  

Hardik ivf

उक्त ट्याक्टरमा सवार २१ घाइते भएका छन्। तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन्। उनीहरूलाई उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, असार १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्