Kathmandu Press

चालीस आतंककारी मारिए : सोमाली सेना

मोगादिसु, असार १९ : सोमाली राष्ट्रिय सेनाले अल शबाबका ४० जना आतङ्कारीलाई मारेको दाबी गरेको छ। देशको मध्यभागमा अवस्थित शबेले क्षेत्रमा शनिबार गरिएको सैनिक...
चालीस आतंककारी मारिए : सोमाली सेना

मोगादिसु, असार १९ : सोमाली राष्ट्रिय सेनाले अल शबाबका ४० जना आतङ्कारीलाई मारेको दाबी गरेको छ। 

देशको मध्यभागमा अवस्थित शबेले क्षेत्रमा शनिबार गरिएको सैनिक कारबाहीमा अल शबाबका ४० जना लडाकालाई एलिट फोर्स दानबले मारेको राष्ट्रिय सेनाले आइतबार बताएको हो। 

सैन्य कारबाहीका क्रममा अल शबाबका केही नेता पनि मारिएका तथा उसका सवारीसाधनमा आगो लगाइएको समाचार सोमाली राष्ट्रिय रेडियोले प्रसारण गरेको छ। 

अल शबाबका विद्रोहीहरूले देशका ग्रामीण क्षेत्रमा सुरक्षाकर्मीका साथै सर्वसाधारणलाई समेत लक्ष्यित गरेर विद्युतीय धराप र बारूदी सुरूङ विछ्याएर जनजीवन त्रसित पार्दै आएका छन्। 

प्रकाशित मिति: १८:३० बजे, आइतबार, असार १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्