Kathmandu Press

नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु

मैदुगुरी, असार १९ : खानी मजदुरको खोजिमा खटिएका सुरक्षाकर्मीमाथि बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा ३० जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ। चारजना चिनियाँ नागरिकसहित...
नाइजेरिया खानी आक्रमणः तीस सैनिकको मृत्यु

मैदुगुरी, असार १९ : खानी मजदुरको खोजिमा खटिएका सुरक्षाकर्मीमाथि बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा ३० जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ। 

चारजना चिनियाँ नागरिकसहित अन्य खानी मजदुरमाथि बुधबार भएको आक्रमण र त्यस क्रममा अपहरण गरिएकाहरूको खोजिमा खटिएका सैनिक शिरोरोमा मारिएका एकजना नाइजेरियाली सैनिक अधिकारीले बताए। 

मजदुरहरूको खोजी र उद्धारमा गएको फौजमाथि गरिएको आक्रमण निन्दा गर्दै ती अधिकारीले आफ्ना सैन्य जवानलाई गुमाउनु हृदयविदारक भएको उल्लेख गर्दै त्यसले आफूहरूलाई केही कमजोर बनाए पनि आक्रमणकारीहरूलाई ठेगान लगाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे। 

शिरोरोका एकजना स्थानीय अधिकारीका अनुसार मोटरसाइकल र ट्रकमा खानीमा आएका बन्दुकधारीले सुरक्षाफौजमाथि अन्धाधुन्ध गोली प्रहार गरे सातजनाको हत्या गरेका थिएभने आठ जना कामदारलाई पनि मारेका थिए।साथै उनीहरूले चिनियाँ कामदारलाई अपहरण गरेका थिए। मारिएका सर्वसाधारण खानी मजदुर भएनभएको यकिन भएको छैन। 

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, असार १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्