Kathmandu Press

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

काठमाडाैं, असार १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छन।राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको...
बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

काठमाडाैं, असार १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छन।

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन।

उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको उल्लेख गरिन। राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएका प्रति उनीहरूको प्रशंसा गरिन।

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, असार १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्