Kathmandu Press

नवप्रवर्तनात्मक सोच प्रतियोगितामा १० कर्मचारी छानिए

काठमाडाैं, असार १९ : नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा राष्ट्रसेवक (निजामती) कर्मचारीमा रहेको प्रतिभा उजागर...
नवप्रवर्तनात्मक सोच प्रतियोगितामा १० कर्मचारी छानिए

काठमाडाैं, असार १९ : नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा राष्ट्रसेवक (निजामती) कर्मचारीमा रहेको प्रतिभा उजागर गरी सार्वजनिक क्षेत्रको कार्यशैलीलाई नवप्रवर्तनात्मक सोचबाट सञ्चालन गर्ने अवधारणागत प्रतियोगिताको प्रथम चरणमा १० कर्मचारी छानिएका छन्।

नवीन सोच (इनोभेटिभ आइडिया) प्रस्फुटन गराउने उद्देश्यले सोच माग भई प्रथम चरणको छनोटमा विभिन्न तहका कर्मचारी अरुण जिसी, नवराज पराजुली, नसिब आचार्य, प्रमोद नेपाल, विजयकुमार रम्तेल, विजेता सुवेदी, विश्वमङ्गल शर्मा, मानबहादुर खड्का, रामप्रसाद अवस्थी र ज्ञानीकुमारी थापा परेका छन्। प्रतियोगितामा विभिन्न ३४ वटा सोचबीच प्रतिस्पर्धा भएको थियो।

Hardik ivf

छनोटमा परेका १० जनाबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कृत गरिने मन्त्रालयको कर्मचारी कल्याण शाखाका अधिकृत सन्तोकुमार खत्रीले जानकारी दिए। 

छनोट कार्यक्रमको अन्तिम चरण र पुरस्कार वितरण यही असार २१ गते काठमाडौँमा सार्वजनिक समारोहबाट हुने मन्त्रालयले जनाएको छ। पुरस्कृत हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५०, ४० र ३० हजार दिइनेछ।

कर्मचारीमा नवीनतम्, सिर्जनशील र उद्यमशील मानसिकताको विकास गर्न तथा आफूमा अन्तरनीहित प्रतिभाको उजागर गर्ने उत्तम अवसर प्रदान गर्ने गरी प्रतिभा डबलीको स्थापना गर्न मन्त्रालयले कार्यविधिसमेत जारी गरेको छ।

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्