Kathmandu Press

एनप्याब्सनले विपन्न प्रहरीका छोराछोरीलाई निःशुल्क पढाउने

काठमाडाैं, असार १९ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियएन नेपाल (एनप्याब्सन) ले अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा...
एनप्याब्सनले विपन्न प्रहरीका छोराछोरीलाई निःशुल्क पढाउने

काठमाडाैं, असार १९ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियएन नेपाल (एनप्याब्सन) ले अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आइतबार एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहबीच हस्ताक्षर भएको हो ।

एन प्याब्सन आबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने सम्झौतामा उल्लेख छ। कार्यक्रममा एन प्याब्सनका सहअध्यक्ष न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको र श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने बताए। 

सङ्घका अध्यक्ष सिंहले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताए। तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उनले जानकारी दिए।

संघले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ।

प्रकाशित मिति: १६:११ बजे, आइतबार, असार १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्