Kathmandu Press

लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

जनकपुर, असार १९ : मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन...
लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

जनकपुर, असार १९ : मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो।

गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियो÷एफएम र अनलाइन सञ्चारमाध्यमलाई मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवं सूचना लोककल्याणकारी विज्ञापनको रूपमा विरतण गर्न लागेको छ।

Hardik ivf

यसका लागि सञ्चारमाध्यमलाई सूचीकृत गराउन आवेदन आह्वान गरेको र आवेदन आएलगत्तै तीन–चार दिनभित्रै सञ्चारमाध्यमलाई लोकल्याणकारी विज्ञापन उपलब्ध गराइने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए। 

केही महिनाअघिदेखि नै लोककल्याणकारी विज्ञापन वितरणको तयारी गरिए पनि मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन ढिलाइ भएको र कर्मचारी आभावलगायतका कारणले केही समय ढिलाइ भएको उनले बताए। लोकल्याणकारी विज्ञापनको सबै तयारी भइसकेको र केही दिनभित्रै सबै सञ्चारमाध्यमलाई त्यो उपलब्ध गराइने उनको भनाइ छ । त्यस्ता विज्ञापन एवं सूचना सञ्चारमाध्यमले प्रकाशन–प्रसारण गरेवापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिएबमोजिम भुक्तानी उपलब्ध गराइने अध्यक्ष यादवले जानकारी दिए।
 
यसैगरी पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएपछि प्रदेशका जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरू बीमा कार्यक्रमबाट लाभ लिने बाटो खुलेको छ। बीमामा सहभागी पत्रकारले वर्षमा एकपटक रु एक लाखसम्मको औषधोपचार खर्च पाउने र रु सात लाखसम्मको दुर्घटना बीमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: ११:२८ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्