Kathmandu Press

पुल भत्कँदा आवतजावतमा सास्ती

रोल्पा, असार १८ : अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने...
पुल भत्कँदा आवतजावतमा सास्ती
Hardik ivf

रोल्पा, असार १८ : अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो।

गत मङ्गलबार राति परेको अविलरल वर्षापछि आएको बाढीले पुल बगाएको थियो । अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो । सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन्।

लुङ्ग्रीका अध्यक्ष भरत थापाले भने, ‘पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ। ’
 
सो गाउँपालिकाको रु २७ लाखको लगानी रहेको सो पुलमा आर्थिक अनियमतिता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएको थियो।  

प्रकाशित मिति: १०:२३ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्