Kathmandu Press

प्रहरीमा दुई हजार ९१७ जनाका लागि भर्ना खुल्यो

काठमाडौं, असार १९ : नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षकसम्मका पदमा भर्ना खोलेको छ।प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको...
प्रहरीमा दुई हजार ९१७ जनाका लागि भर्ना खुल्यो

काठमाडौं, असार १९ : नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षकसम्मका पदमा भर्ना खोलेको छ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना तथा छनौट शाखाले सूचना प्रकाशित गरी प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी दुई हजार ९१७ जनाका लागि भर्ना खुलेको जनाएको छ।

प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ नौ, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी ५५, दलित २९ र पिछडा वर्गका लागि नौ गरी जम्मा ४४३ जनाको लागि भर्ना खुलेको छ।

त्यस्तै, प्रहरी जवानको लागि खुलामा एक हजार ३३४ जना, अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी ३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी जम्मा दुई हजार ४७४ जनाको लागि भर्ना खुलेको जनाइएको छ।

 

प्रकाशित मिति: ०९:०१ बजे, आइतबार, असार १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्