Kathmandu Press

भुम्लु गाउँपालिकाले थाल्यो श्रमअभियान

काभ्रे, असार १९ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका महिनामा एक दिन श्रम गर्ने अभियान शुरु गरेको छ।गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङको...
भुम्लु गाउँपालिकाले थाल्यो श्रमअभियान

काभ्रे, असार १९ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले महिनामा एक दिन श्रम गर्ने अभियान शुरु गरेको छ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङको नेतृत्वमा यसको शुरुआत गरिएको छ। पालिकाको सार्वजनिकस्थलको सरसफाइ गर्ने उद्देश्यले  ‘समृद्ध भुम्लु निर्माणको लागि महिनाको एक दिन श्रम अभियान’ शुरु गरिएको जनाइएको छ।

गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यअनुरुप पालिकाका जनप्रतिनिधि, नागरिक र सङ्घसंस्थाको सहभागितामा यो अभियान शुरु गरिएको जनाइएको छ।

जनप्रतिनिधिको नेतृत्वमा सबै पक्षको सहभागितामा भएको अभियानले गाउँमा परिवर्तन ल्याउने उनीहरुको विश्वास छ। हरेक महिनाको एक दिन सार्वजनिकस्थलको संरक्षण, सरसफाइ तथा निर्माणको काममा लाग्ने गाउँपालिकाले नीति लिएपछि त्यहीअनुसार शनिबारबाट महिनाको एक दिन श्रमअभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भुजेलले बताए।

गाउँपालिका निर्माणका लागि अबका दिनमा सबै मिलेर महिनाको एक दिन सार्वजनिकस्थल पाटी, पौवा, सडक सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइने उनले बताए। अभियानमा सबै पक्षलाई परिचालन गरेर समृद्ध भुम्लु गाउँपालिका निर्माण अभियानमा जुट्ने कामको शुरुआत भएको उनको भनाइ छ। (रासस)

प्रकाशित मिति: ०७:४५ बजे, आइतबार, असार १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्