Kathmandu Press

धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

चन्द्रौटा, असार १८ : कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ। शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान...
धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

चन्द्रौटा, असार १८ : कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ। शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए।

बिहान खेतमा धान रोप्न गएकी थारूलाई चट्याङ लागेर घाइते भएकी थिइन्। उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।

प्रकाशित मिति: २०:५१ बजे, शनिबार, असार १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्