माधवकुमार नेपाल र नवनियुक्त भारतीय राजदूतबीच भेटवार्ता
काठमाडाैं, असार १८ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ।...
काठमाडाैं, असार १८ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ। शनिबार साँझ नेपालनिवास कोटेश्वरमा उनीहरूबीच भेट भएकाे हाे।
भेटमा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको छ। अध्यक्ष नेपालले भेटबारे फेसबुकमा सार्वजनिक गरेका छन्। ‘उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो,’ पूर्वप्रधानमन्त्री नेपालले भनेका छन्, ‘भेटमा नेपाल भारत सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो।’
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका राजदूत श्रीवास्तवले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। साथै उनले शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि शिष्टाचार भेट गरेका थिए।












