Kathmandu Press

राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान

काठमाडाैं, असार १८ : राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित भएका छन्।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले...
राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान

काठमाडाैं, असार १८ : राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले बर्सेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित भएका हुन्। 

शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कारसहित सम्मान गर्नुभयो। उक्त सम्मान पुरस्कारको राशि रु ३३ हजार ३३३ रहेको छ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पूर्वध्यक्षसमेत रहनुभएका झाले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पुर्‍याएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए। 

सम्मानपछि अध्यक्ष झाले उक्त सम्मानले आफूलाई पुनः जिम्मेवारी बोध गराएको बताए। पत्रकारले प्राप्त गर्ने सबै सम्मान तथा पुरस्कारले पेशामा आबद्ध भई समाजको हितमा काम गरिरहन थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त हुने उल्लेख गर्दै अध्यक्ष झाले उक्त सम्मानले आफ्ना लागि ठूलो महत्व राख्ने बताए।

पत्रकारले समाजको हितका लागि कार्य गर्ने भएकाले समाजले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष झाले पत्रकार आचारसंहिता र स्वअनुशासनमा रहनु अपरिहार्य रहेको बताए।

पत्रकारितालाई थप विश्वासनीय र मर्यादित बनाउँदै खबरदारी गर्ने मुख्य जिम्मवारी पूरा गर्न निरन्तर लागिरहनु आवश्यक रहेको अध्यक्ष झाको भनाइ थियो। २०२३ चैत ४ गते सिरहाको लहान नगरपालिका–१४ मा जन्मेका झाले २०४३ देखि पत्रकारिता थाल्नुलेका हुन्।

तीनवटा विषयमा स्नातकोत्तर गर्नुभएका झाले ५० वटाभन्दा बढी सङ्घसंस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ। पत्रकारिताका क्षेत्रमा अन्तर्राष्ट्रिय सहभागितासमेत जनाएकाे उनले १७ अवार्ड प्राप्त गरेका छन्। उनी गोरखापत्र राष्ट्रिय दैनिकका नियमित स्तम्भकारसमेत हुन्।

प्रकाशित मिति: १७:१३ बजे, शनिबार, असार १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्