Kathmandu Press

विपद व्यवस्थापनमा ‘अभ्यास हातेमालो’

काठमाडौं, असार १८ : नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न अभ्यास जारी राखेको छ। सेनाले पछिल्लो पटक सिरहाको कमला...
विपद व्यवस्थापनमा ‘अभ्यास हातेमालो’

काठमाडौं, असार १८ : नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न अभ्यास जारी राखेको छ। 

सेनाले पछिल्लो पटक सिरहाको कमला नदीमा मनसुन पूर्वको विपद् प्रतिकार्य योजनाअन्तर्गत यही असार तेस्रो साता (असार १५–१७) प्रदेशस्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सम्पन्न गरेको छ।

Hardik ivf

उक्त कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो। सो अवसरमा डुबानमा परेकालाई कसरी उद्धार गर्ने भन्ने कलासम्बधी विभिन्न प्रदर्शनी गरिएको थियो। 

नेपाली सेनाको विपद् व्यवस्थापन विज्ञद्वारा हेलिकप्टरबाट तथा डोरीबाट उद्धार अभ्यास समेत प्रदर्शन गरिएको थियो।

मुख्यमन्त्री राउतले तराई मधेस क्षेत्रमा वर्षेनी हुने डुबान समस्याबाट पीडितलाई उद्धार गर्न एकीकृत रुपमा मधेस प्रदेश सरकारको पहलमा विपद् व्यवस्थापन कार्यका लागि आवश्यक पर्ने स्थायी संयन्त्र खडा गर्न पहल गर्ने सो अवसरमा आश्वासन दिएका थिए।

प्रकाशित मिति: १४:४२ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्