Kathmandu Press

बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

गुल्मी, असार १८ : गुल्मीमा बुहारीमाथि जबर्जस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्।पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ का ३५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको...
बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

गुल्मी, असार १८ : गुल्मीमा बुहारीमाथि जबर्जस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ का ३५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ। 

आफ्नै सहोदर भाइकी १९ वर्षीया पत्नी (भाइबुहारी) माथि धुर्कोट–६ स्थित  किटेनी गोठमा असार १४ गते  दिउँसो  ३ बजे बलात्कार गरेको आरोपमा ती जेठाजुलाई पक्राउ गरएिको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जबरजस्ती करणी गरेको भनी उजुरी परेपछि ती पुरुष पक्राउ पक्राउ परेको जनाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १४:०७ बजे, शनिबार, असार १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्