Kathmandu Press

इरानमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

इरानमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

तेहरान, असार १८ : दक्षिणी इरानमा शक्तिशाली भूकम्प गएको छ। शनिबार बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

भूकम्पमा परी ५ जना मृत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। यस्तै, १२ जना गम्भीर घाइते भएको पनि जनाइएको छ। भूकम्पबाट साइह खोश गाउँ बढी प्रभावित भएको बताइएको छ।

भूकम्पपछि पराकम्प पनि गइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ।

चीन, युएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, असार १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्