Kathmandu Press

कैलालीका बाढीपीडित किसानलाई राहत प्रदान गरिँदै

धनगढी, असार १८ : गत कात्तिकमा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण गर्न थालिएको छ।बाढीबाट पीडित बनेका किसानले...
कैलालीका बाढीपीडित किसानलाई राहत प्रदान गरिँदै

धनगढी, असार १८ : गत कात्तिकमा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण गर्न थालिएको छ।

बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन्। प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण शुरु गरेको छ।

Hardik ivf

तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन शुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए। भजनीमा १० हजार किसानको धानबाली नोक्सानी भएको उनले बताए।

किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको बताउँदै उनले भने, 'क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ। किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३१५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १२५ रुपैयाँ र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई ७५ रुपैयाँ प्रति कट्ठा रकम वितरण थालिएको छ।'

एक किसानलाई ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ। मापदण्डअनुसार दिन थालिएको उनले बताए।

राहतको लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट दुई करोड ९२ लाख आएको छ। राहत रकम किसानलाई बैंकमार्फत वितरण थालिएको छ।

नगरपालिकाले अहिलेसम्म एक करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाई सक्ने गरी काम भइरहेको जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:४३ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्