Kathmandu Press

किसानलाई अनुदान दिनुपर्नेमा जोड

विराटनगर, असार १८ : राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेश १...
किसानलाई अनुदान दिनुपर्नेमा जोड

विराटनगर, असार १८ : राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेश १ कृषि मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजित प्रादेशिक कृषि विकास रणनीति दस्ताबेज तथा कृषि सम्बन्धित नीतिगत विषयक प्रदेशीस्तरीय अन्तक्रिया कार्यक्रमका सहभागीले हरेक उत्पादनमा अनुदान दिनुपर्ने बताएका हुन्। कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण र औद्योगिकीकरणमार्फत कृषि उत्पादनमा प्रतिस्पर्धा प्रणालीको विकास गर्नुका साथै तुलनात्मक लाभ भएका बाली वस्तुको निर्यात प्रवर्द्धन गर्नुपर्ने उनीहरुको भनाइ थियो।

प्रदेश १ कृषिमन्त्री झलकबहादुर मगरले कृषि बजारीकरण गर्न, उत्पादन वृद्धि, लागत घटाउन तयार गरिन लागिएको रणनीति कोसेढुङ्गा सावित हुने बताए। मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले खाद्यान्न आयात समस्या समाधानमा कृषि विकास रणनीति सोचेअनुसार निर्माण हुनेछ भन्दै चैते धान लगाउने क्षेत्रफल वृद्धि गरेमा धानमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे।

प्रदेश योजना आयोगका सदस्य डा. ज्ञानेन्द्रबहादुर कार्की, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राजेद्रप्रसाद मिश्रले कृषिलाई जोगाउन र राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न आगामी भदौसम्म कृषि विकास रणनीति मन्त्रिपरिषद्बाट पास गर्न आग्रह गरे।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ बाली अधिकृत इन्द्रहरि पौडेलले कृषि विकास रणनीति संक्षिप्त परिचय, मन्त्रालयका सहसचिव डा. मिश्रले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, कृषि तथा वन विज्ञान क्याम्पसका प्राध्यापक डा. ऋषिराम कट्टेलले प्रादेशिक कृषि रणनीति २०२२-२०४२, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रदीपचन्द्र भट्टराईले राष्ट्रिय कृषि नीति तथा अधिवक्ता मोहनलाल आचार्यले नीति÷कानुन तर्जुमाका लागि प्रदेश मन्त्रालयले ध्यान दिनुपर्नेलगायतका कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: ०८:०६ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्