अवैध कुखुराको चल्ला नष्ट
चन्द्रौटा, असार १७ : इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ। जिल्लाको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत...
चन्द्रौटा, असार १७ : इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ। जिल्लाको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ।
कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त अवैध कुखुराको चल्ला बरामद गरेको जनाइएको छ। प्रहरीका अनुसार ब्रोइलर कुखुराको चल्लाको मूल्य एक लाख ८० हजार बराबर रहेको जनाएको छ। बरामद गरिएको अवैध कुखुराको चल्लालाई पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, स्थानीयलगायतको रोहबरमा नष्ट गरिएको कृष्णनगर प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:०१ बजे, शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












