Kathmandu Press

बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट

भक्तपुर, असार १७ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ।सहायक प्रमुख जिल्ला...
बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट

भक्तपुर, असार १७ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, पत्रकारलगायत संयक्त टोलीले आज बजार अनुगमन गरेको हो।

Hardik ivf

भक्तपुरको कमलविनायकदेखि सल्लाघारीसम्मका विभिन्न पसलमा भएको अनुगमनमा अनियमितता गर्नेलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। बजार अनुगमनका क्रममा कमलविनायकको सूर्य हार्डवेयरलाई पाँच हजार जरिवाना लगाइएको छ। हार्डवेयरले नापतौल पूरा नभएको, ट्याग र लेबलिङ विनाको डण्डी बिक्री गरेको, तौलको राम्रो व्यवस्थापन नगरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए।

कमलविनायककै महालक्ष्मी कोल्ड स्टोरलाई रु तीन हजार जरिवाना लगाउँदै तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। स्टोरमा खसी, कुखुराको मासु एउटै फ्रिजमा हालेर राखेको, सडेको मासुसँगै ताजा मासु राखिएको, चार वर्षदेखि पसल नवीकरण नगरिएको, दर्ता ढक तराजु नवीकरण नगरेको, नापतौल स्पष्ट नभएको पाइएको छ।

कमलविनायककै आरभ स्टोर, केएम मार्टमा लेबलिङ नगरिएको सामान प्याक गरी बिक्री गरिएको, म्याद गुज्रेका सामान फ्रिजमा राखिएको पाइएकाले तत्काल सुधार्न निर्देशन दिँदै म्याद गुज्रेको सामान नष्ट गरिएको छ। कमल विनायकको चाँगुनारायण आयल स्टोर, सल्लाघारीको शान्ति आयल स्टोरमा अनुगमन गरी पेट्रोलियम पदार्थको गुणस्तरलगायत अनुगमन निरीक्षण गरिएको छ।

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्