Kathmandu Press

झापाका उम्मेदवार बुझाएनन् निर्वाचन खर्च विवरण

झापा असार १७ : स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय...
झापाका उम्मेदवार बुझाएनन् निर्वाचन खर्च विवरण

झापा असार १७ : स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेले बताए।

उनले वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम घोषणा भएको एक महिनाभित्रमा निर्वाचन खर्च बुझाउनु पर्ने भएता पनि अझै नबुझाएको जानकारी दिए । उनले जिसस बाहेकका सबै उम्मेदवारहरुले विवरण बुझाउन म्याद समेत सकिन लागेको जनाए।

सूचना अधिकारी न्यौपानेले तोकिएको समय भित्र ठूला दलहरुले बुझाए पनि निर्वाचनमा पराजित हुने र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूको विवरण आउन बाँकी रहेको बताए। उनले हाल मतदाता नामावली दर्ता गर्नेहरुको कार्यालयमा भीड भएका कारण कुन पालिकाका कतिले बुझाए भन्ने तथ्याङ्क छुट्याउन नसकेको बताए।

 नगर प्रमुख, उपप्रमुख पदका उम्मेद्वार बनेकाहरुले चार लाख ५० हजार, वडाध्यक्षलगायतले दुई लाख  र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजार र अन्यले एक लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेका थियो । आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी कुनै पनि निर्वाचनमा उम्मेद्वार बन्न नपाउने गरी कारवाही गर्न सक्ने प्रावधान छ ।

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, असार १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्