Kathmandu Press

भारतमा एकै दिन थपिए १७ हजारभन्दा बढी काेराेना सङ्क्रमित

भारतमा एकै दिन थपिए १७ हजारभन्दा बढी काेराेना सङ्क्रमित

नयाँ दिल्ली, असार १७ : बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७० सङ्क्रमित भएका छन्। 

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ६९ हजार २३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 

Hardik ivf

चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २३ को मृत्यु भएको थियो। कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार १३९ को मृत्यु भएको छ। 

हाल भारतमा एक लाख सात हजार १८९ सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता हिजो दोस्रो दिन हो।  

पछिल्लो एक दिनमा १४ हजार ४१३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ३६ हजार ९०६ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ। 

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोजभन्दा बढी खोप लगाइएको छ।

यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्