Kathmandu Press

इरानमा कार दुर्घटनामा १० जनाको मृत्यु

इरानमा कार दुर्घटनामा १० जनाको मृत्यु

तेहरान, असार १७ : इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ।

बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुईजना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्।

घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले  जनाकारी दिएका छन्।

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, असार १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्