Kathmandu Press

राक्सिराङ गाउँपालिकाकाे आफ्नै  प्रशासनिक भवन बन्ने

मकवानपुर, असार १७ : राक्सिराङ गाउँपालिकाको आफ्नै  प्रशासनिक भवन निर्माण हुने भएको छ।गाउँपालिका अध्यक्ष  राजकुमार मल्लले राक्सिराङ–५ मा निर्माण हुन लागेको उक्त भवनको...
राक्सिराङ गाउँपालिकाकाे आफ्नै  प्रशासनिक भवन बन्ने
Hardik ivfHardik ivf

मकवानपुर, असार १७ : राक्सिराङ गाउँपालिकाको आफ्नै  प्रशासनिक भवन निर्माण हुने भएको छ।

गाउँपालिका अध्यक्ष  राजकुमार मल्लले राक्सिराङ–५ मा निर्माण हुन लागेको उक्त भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरे। 

रु. ६ करोड ४२ लाख १२ हजारको लागतमा निर्माण हुने सो भवन जयमाता कन्स्ट्रक्शन प्रालिद्वारा ठेक्का सम्झौता भई ३० महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ।

भवन तीन तल्लाको सुविधा सम्पन्न भूकम्प प्रतिरोधात्मक रुपमा निर्माण हुने अध्यक्ष मल्लले जानकारी दिए। बर्सेनि प्राकृतिक विपत्का रुपमा रहेको  चट्याङबाट हुने क्षति कम गर्न गाउँपालिकाले तयारी सुरु गरेको गाउँपालिका उनले बताए। 

गाउँपालिकाको बैठकले चट्याङ न्यूनीकरणका लागि  प्रत्येक घरमा  ‘लाइटिङ एरेस्टर’ अर्थात् अर्थिङ  जडान गर्ने निर्णय गरेको छ। 

सो प्रविधि जडान गर्नका लागि प्रत्येक घरमा रु पाँच हजार नगद अनुदान उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको छ।

यसका लागि आवश्यक प्रविधिक अध्ययन गरी चट्याङको प्रभाव कम गर्न उक्त प्रविधि  जडान गराउने अध्यक्ष मल्लले जानकारी दिए। 

साथै गाउँपालिकाको बैठकले चेपाङ विशेष संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्न सङ्घीय तथा प्रदेश सरकारसँग माग गरेको छ।

गाउँपालिकाका अति विपन्न तथा गरिब परिवारलाई स्वास्थ्य बीमा गर्दा लाग्ने रकममा ७५ प्रतिशतसम्म अनुदान दिने लगायतका निर्णय भएको सो गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्