Kathmandu Press

थप ५० जनामा कोरोना संक्रमण पुष्टि

थप ५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १७ : नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ४ सय ६७ पिसिआर परिक्षणका क्रममा ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृन्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन्। हाल नेपालमा २ सय ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्