Kathmandu Press

भारतीय जंगलमा गोली लागेर एक नेपालीको मृत्यु

बर्दिया, असार १६ : बर्दियासँग जोडिएको भारतीय सिमानामा पर्ने मुर्तिहाको जंगलमा गोली लागेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको गुलरिया नगरपालिका–३...
भारतीय जंगलमा गोली लागेर एक नेपालीको मृत्यु

बर्दिया, असार १६ : बर्दियासँग जोडिएको भारतीय सिमानामा पर्ने मुर्तिहाको जंगलमा गोली लागेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडिया रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ निहुरो टिप्न गएका गोडिया गोली लागेपछि दौडँदै घरनजिक पुगेपछि बेहोस भएको र होसमा आएपछि घरमा फोन गरी परिवारका सदस्यलाई बोलाएको थिए। राति नै अस्पताल पुर्‍याइए पनि अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

उनीमाथि कसले गोली प्रहार गरेको भनी अनुसन्धान भइरहेको पनि भारतीय वन रक्षकले प्रहार गरेको आशंका गरिएको छ। परीक्षण पछि उनको शव शुक्रबार दिउँसो आफन्तलाई बुझाइएको छ।

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, असार १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्